कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रोचक मोडमा पुगेपछि पालुङटारको मतगणना स्थगित

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । पालुङटार नगरपालिका–६ को वीरभद्र बुथको मतपेटिमा एक सिल नभएको भेटिएपछि मतगणना केही बेरअघि स्थगित भएको हो ।  एउटा ब्यालेट बक्सको मुचुल्कामा पाँच वटा र ब्यालेटमा चार वटा सिल भेटिएपछि विवाद भएको हो । 

रोचक मोडमा पुगेपछि पालुङटारको मतगणना स्थगित

सर्वदलीय बैठक बसेर मात्र मतगणना गर्ने तयारी थालिएको छ । पालुङटार नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अन्तिममा पालुङटार नगरपालिका–६ वीरभद्र बुथको चलिरहेको छ । अन्तिममा प्रतिस्पर्धा पनि रोचक बनेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका उमेदवार विवश चिन्तन र जनता समाजवादी पार्टी (जसपा)का उमेदवार प्रेम गुरुङबीच ३६१ को मतान्तर छ ।

माओवादीको चिन्तनले ५ हजार ७ सय ८३ र जसपाका गुरुङले ५ हजार चार सय २२ मत ल्याएका छन् । तेस्रोमा रहेका कांग्रेस उमेदवार दीपक वावु कँडेलले ४ हजार ७ सय ५५ मत ल्याएका छन् । वडा नम्बर ६ को अझै करिब १ हजार मतगणना बाँकी छ ।

सामान्य त्रुटि भेटिएको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए । उनले अन्य विषयमा खुलाउन चाहेनन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?