१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

माेरङकाे जहदा गाउँपालिकामा कांग्रेस विजयी

देवनारायण साह

मोरङ — मोरङको जहदा गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह र उपाध्यक्षमा कांग्रेसकी हन्ना साेरेन निर्वाचित भएका छन् ।

माेरङकाे जहदा गाउँपालिकामा कांग्रेस विजयी

साहले निवर्तमान अध्यक्ष जनता समाजवादी पार्टी(जसपा)का कैलासप्रसाद मण्डललाई २ हजार ४ सय ५३ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

जहदा गाउँपालिकाका निर्वाचन अधिकृत पदमप्रसाद वस्तीका अनुसार अध्यक्षमा साहले ६ हजार ५ सय १ मत र साेरेनले उपाध्यक्षमा ५ हजार ५ सय ४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष मण्डलले ४ हजार ४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा साेरेनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गुलाब कुमारी महताेले ३ हजार ५ सय १२ मत प्राप्त गरिन् । गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जसपाकी शालाे साहले ३ हजार १ सय ३५ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फाेरम र हाल जसपाका कैलासप्रसाद मण्डलले अध्यक्षमा ५ हजार ४९ र उपाध्यक्षमा संघीय समाजवादी फाेरमकी शालाे साहले ४ हजार ४ सय मत ल्याएर जितेका थिए ।

७ वटा वडा रहेको जहदामा कांग्रेसले वडा नम्बरहरू १, ४, ५ र ७, माओवादी केन्द्रले वडा ६ र जसपाले वडा नम्बरहरू २ र ३ काे अध्यक्ष जितेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?