कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मतदान अधिकृतसहित गणकहरू मत गन्दागन्दै सुटुक्क हिँडेपछि...

अनिश तिवारी

सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५, गुन्सामा चार वटा मतपत्र हराएको भन्दै विवाद सुरु भएपछि सहायक मतदान अधिकृतसहित गणक कर्मचारीहरू मतदानस्थल नै छाडेर हिँडेका छन् ।

मतदान अधिकृतसहित गणकहरू मत गन्दागन्दै सुटुक्क हिँडेपछि...

मतगणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन: मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सहायक मतदान अधिकृत दिनेश पोखरेल र गणक कुमार बस्नेत मगणनाबीचमा त्यहाँ नभएको खबर पाएपछि अन्य कर्मचारी व्यवस्थापन गरेर मगणना गरिने बताए ।

‘विवाद मिलाउन र शान्तिपूर्वक मतगणना सफल गर्न त्यहाँ पुग्दैछौं, दुई जना त्यहाँ नभएको कुरा आएको छ, कर्मचारी खोजेर मतगणना थाल्न प्रयास गर्नेछौं,’ खनालले भने । कांग्रेसका क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेले सहायक मतदान अधिकृत पोखरेल र गणक बस्नेतले आफूलाई फोन गरेर आफ्नो ज्यान जोखिम भएपछि राजीनामा दिएर काठमाडं पुगिसकेको बताएको जानकारी दिए ।

‘मतदान अधिकृत कृष्ण सुवेदीले मान्नुभएन, विवाद चर्किएर झडप हुने अवस्था भयो, हाम्रो ज्यानको जोखिम हुने भएपछि राजीनामा दिएर काठमाडौं गएको भनेर उहाँहरूले फोनमार्फत् बताउनु भएको छ,’ गोलेले भने ।

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५, गुन्सामा १२०३ मत खसेकोमा आहिलेसम्म एमालेका उम्मेदवार काले गोले ४६० र कांग्रेसका रवि थिङले ४५६ मत ल्याएका छन् ।

दुवैबीच चार मतको मात्रै अन्तर देखिएको छ । ‘आहिले चार वटा मतको फरकमा वडाको चुनावी मतगणना रोकिएको छ । मतदान अधिकृत र अन्यले जबर्जस्ती परिणाम सुनाउँछौं भनेर पेलिरहेका छन्, तीन मत नै हराएको छ, रिकाउन्ट हुनुपर्छ भन्दा अधिकृत र प्रतिद्वन्द्वीले दलका उम्मेदवारले मानेका छैनन्,’ गोलेले भने ।

उनका अनुसार यसअघि एमालेका कार्यकर्ताले पुन: मतगणना हुनुपर्छ भनेर मंगलबार गाउँपालिकामा निवेदन लेख्दै कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको उनले बताए । गुन्साका निर्वाचन अधिकृत कृष्ण सुवेदीले एमालेको पक्ष लिएर बदर मतलाई पनि सदर गरिदिएको उनको आरोप छ।

प्रकाशित : जेष्ठ ४, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?