कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आठबीसकोट नगरपालिकामा माओवादीका केसी विजयी

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका प्रमुख, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा रवि केसी विजयी भए । ३२ वर्षीय रविले एमाले–कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवार धिरेन्द्रकुमार बटालालाई पराजित गरे ।

आठबीसकोट नगरपालिकामा माओवादीका केसी विजयी

रवि र बटालाको मतान्तर ७ सय ८४ छ । रविले ७ हजार ३ सय ९९ मत ल्याउँदा बटालाको पक्षमा हजार ६ सय १५ मत आएको छ ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकै धनकुमारी शाही विजयी भइन् । एमाले–कांग्रेस गठबन्धनका एमाले उम्मेदवार दिनेश चन्दलाई ९ सय ९७ मतान्तरले पराजित गर्दै शाही उपप्रमुखमा निर्वाचित भएकी हुन् । शाहीले ७ हजार २ सय ६५ मत ल्याइन भने चन्दको पक्षमा ६ हजार २ सय ६८ मत आयो ।

यस नगरपालिकामा एमाले, कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गएको थियो । १४ वडा रहेको यस नगरपालिकामा १० वडा माओवादीले जितेको छ भने एमाले कांग्रेसले २/२ वडा जितेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?