१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रुकुमको चौरजहारीमा माओवादीका वादी विजयी

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाको प्रमुख, उपप्रमुखमा एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

रुकुमको चौरजहारीमा माओवादीका वादी विजयी

प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा बीएम निर्वाचित भएका छन् । कांग्रेस–एमाले गठबन्धनका कांग्रेस उम्मेदवार प्रेमबहादुर ओलीलाई ५ सय ७१ मतान्तरमा हराउँदै वादी नगरप्रमुखमा निर्वाचित भए । वादीले ६ हजार ८ सय ८२ मत ल्याएका छन् भने ओलीको पक्षमा ६ हजार ३ सय ११ मत आएको छ ।

उपप्रमुखमा निर्वाचित इश्वरीको पक्षमा ७ हजार २ मत आएको छ भने एमाले–कांग्रेस गठबन्धनका एमाले उम्मेदवार टंकप्रसाद ओलीको ५ हजार ७ सय ४४ मत प्राप्त गरे ।

१४ वडा रहेको चौरजहारी नगरपालिकामा ११ वडा माओवादी केन्द्रले जितेको छ भने ३ वडा कांग्रेसले जितेको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?