कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मुगुको खत्याड गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

राजबहादुर शाही

मुगु — जिल्ला स्थित खत्याड पालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेको छ ।

मुगुको खत्याड गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

कांग्रेस-माओवादी गठबन्धनबाट उठेका माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार अजबहादुर शाहीले ३५सय २१ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर मल्लले २६ सय २१ मत प्राप्त गरी पराजित भएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी सरिता रोकायाले ४५ सय ४८ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी कविता गिरीले २९ सय ९९ मत प्राप्त गरी पराजित भएकी छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको मत गणना सकिएको छ भने सोरु गाउँपालिकाको मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?