कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भरतपुरमा अझै एक लाख मत गन्न बाँकी

रेनु दाहाल १७१२ मतले अगाडि
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाका २९ मध्ये ६ वटा वडाहरूको मतगणना सकिँदा अझै एक लाख मत गन्न बाँकी छ । वडा नम्बर ६ को अन्तिम मत परिणाम आउँदा मेयर पदमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदीको भन्दा एक हजार ७१२ मतले अगाडि छिन् ।

भरतपुरमा अझै एक लाख मत गन्न बाँकी

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ ले मतदान गरेका थिए। वडा नम्बर ६ को गणना सकिँदा २७ हजार ४३८ मत गनेर सकिएको छ । अहिलेसम्मको नतिजा अनुसार दाहालले नौ हजार ९७० र सुवेदीले आठ हजार २५८ मत ल्याएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४ हजार ३१५ मत आएको छ । उपमेयरमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको ११ हजार ९५६ र एमालेको समर्थनमा राप्रापाकी उपमेयर उम्मेदवार हिमला गुरूङको ६ हजार ७४२ मत आएको छ ।

वडा नम्बर ६ मा पनि नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा विजयी भएका छन् । भरतपुरको वडा नम्बर ३ बाहेक हालसम्म गणना सकिएका सबै वडाहरूमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

अघिल्लो चुनावमा जितेकामध्ये दुईवटा वडा एमालेले गुमाएको छ । भरतपुरमा दूरसञ्चार रोडमा रहेको चितवन उद्योगको प्रदर्शनी केन्द्रमा मत गणना भइरहेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?