बर्दियाको ठाकुरबाबा नगरमा कांग्रेसले जित्यो मेयर, उपमेयरमा एमाले- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियाको ठाकुरबाबा नगरमा कांग्रेसले जित्यो मेयर, उपमेयरमा एमाले

कमल पन्थी

बर्दिया — बर्दियाको ठाकुरबाबा नगरपालिकामा कांग्रेसबाट मेयर पदमा उम्मेदवार तिलक राम लम्सालले विजय हासिल गरेका छन् । उनले  माओवादी केन्द्रका नेत्रराम आचार्यलाई २ हजार २ सय २४ मतले पराजित गरे । 

लम्सालले ९ हजार ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी आचार्यले ६ हजार ८ सय १८ मत पाए । एमालेका घननारायण श्रेष्ठ ०७४ को स्थानीय तहको निर्वाचनमा ठाकुरबाबा नगरपालिकाबाट निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा उनले ६ हजार ५ सय ८१ मत पाए । उपप्रमुखमा एमालेकी विना भट्टराई विजयी भइन् । कांग्रेसकी उम्मेदवार मञ्जु कुमारी चौधरलाई उनले पराजित गरेकी छन् । भट्टराइले ८ हजार १ सय ७६ मत प्राप्त गर्दा चौधरीले ७ हजार ६ सय ७४ मत पाइन् ।


प्रकाशित : जेष्ठ ४, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियाको गुलरिया नगरमा कांग्रेस उम्मेदवार विजयी

कमल पन्थी

(बर्दिया) — गुलरिया नगरपालिकाको प्रमुखमा कांग्रेस उमेदवार मुक्तिनाथ यादव पुन:दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी एमालेका अमरबहादुर खडकालाई १ सय ७८ मतको अन्तरले पराजित गरेका हुन् ।

नवनिर्वाचित यादवले ७ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् भने एमालेका खड्काले ७ हजार ८ सय ११ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा कांग्रेसकी सावित्रा गौतम निर्वाचित भएकी छिन् ।

उनले ८ हजार २ सय ७ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी एमालेकी टिका शम्शेली मगरले ७ हजार ४ सय ६२ मत ल्याएकी हुन् । तेस्रो स्थानमा माओवादी केन्द्रका गेहन्द्र ढकालले ५ हजार १० र उपप्रमुखमा इन्दिरा सुवेदीले ४ हजार ९ सय ३९ मत प्राप्त गरे ।

बर्दियाको ८ पालिकामध्ये ५ पालिकाको परिणाम घोषणा भइसकेको छ । कांग्रेसले बारबर्दिया, मधुवन, गुलरिया नगर र गेरुवा गाँउपालिकामा विजयी भएको छ भने माओवादी केन्द्र राजापुर नगरपालिकामा निर्वाचित भएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×