जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा कांग्रेस विजयी 

एलपी देवकोटा

जुम्ला — जुम्लाको चन्दनननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी विजयी भएकी छन् । प्रमुखमा निर्वाचित कठायतले २ हजार ४ सय ३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३ सय ४१ मत ल्याएका थिए । 

जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा कांग्रेस विजयी 

त्यस्तै, उपप्रमुखमा निर्वाचित खड्काले २ हजार ८ सय ८ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका भीम थापाले १ हजार ६ सय ८६ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा प्रमुखमा कांग्रेसबाट कान्तिका सेजुवाल र उपप्रमुखमा माओवादीबाट अप्सरादेवी न्यौपाने निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ४, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?