कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

माई नगरपालिकामा एमालेका लिम्बु विजयी

विप्लव भट्टराई

इलाम — इलामको माई नगरपालिकाको मेयरमा नेकपा एमालेका खम्बासिंह लिम्बु र उपमेयरमा एमालेकै हिमा भण्डारी विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार निर्वाचित भएका खम्बासिंहले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धनकुमार लिम्बुलाई पराजित गरेका हुन् ।

माई नगरपालिकामा एमालेका लिम्बु विजयी

खम्बासिंह लिम्बुले ८ हजार १ सय ३२ मत प्राप्त गर्दा पराजित लिम्बुले ६ हजार ५ सय १५ मत ल्याए । त्यस्तै उपमेयरमा नेकपा एमालेकी हिमा भण्डारी ७ हजार ८ सय ७५ मतसहित निर्वाचित भइन् ।

निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फ नेपाली कांग्रेसका हेम बहादुर लिम्बुले ६ हजार ३ सय ३६ मत प्राप्त गरे । यस्तै वडा नम्बर १ नेपाली कांग्रेसका राम बहादुर राई, २ मा नेकपा एमालेका उर्द बहादुर राई, ३ मा नेपाली कांग्रेसबाट देउकुमार तामाङ, ४ मा नेकपा एमालेका हेमबहादुर लिम्बु, ५ मा भुपेन्द्र पूर्बछाने मगर, ६ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका खड्गसुन्दर योङहाङ लिम्बु, ७ मा एमालेका बुद्धिप्रसाद खनाल, ८ मा अमृत बहादुर मोक्तान, ९ मा लिलाकुमार राई र वडा नम्बर १० मा गणेश राई वडाध्यक्षमा निर्वाचित भए ।

प्रकाशित : जेष्ठ ४, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?