विनयी त्रिवेणीमा एमालेका गिरी विजयी


पूर्वी नवलपरासी — विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम गिरी विजयी भएका छन् । गिरीले ७ हजार ६ सय ५८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका डम्बर जिसीले ७ हजार ५ सय ५९ मत ल्याए ।



गाउँपालिकाका जीसी निवर्तमान अध्यक्ष समेत हुन् । त्यस्तै उपाध्यक्षमा एमालेकी भगवतीदेवी बैदवार ७ हजार ६ सय ७१ मतसहित विजयी भइन् ।
विनयी त्रिवेणी गाउँपालिकामा कुल जनसंख्या ३९,२०१ रहेको छ भने कुल मतदाता संख्या २६,६३३ रहेको छ । जहाँ १२,७६६ पुरुष र १३,८६७ महिला रहेका छन् । यस गाउँपालिकामा ५ वडा छन् ।
प्रकाशित : जेष्ठ ४, २०७९ १०:०५