खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दल विजयी


खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राई विजयी भएका छन् ।



भट्टराईले ११ हजार तीन सय ८९ मत र राईले १० हजार चार सय ३८ मत ल्याएर विजयी भएका हुन् । भट्टराईका निकटतम प्रतिस्पर्धी एमालेका कुमार आचार्यले ६ हजार नौ सय ९६ मत ल्याएका छन् ।
उपमेयरमा पराजित भएकी एमालेकी विणोदवी राईले सात हजार तीन सय १९ मत ल्याइन् । २०७४ को निर्वाचनमा भने विणादेवी उपमेयरमा निर्वाचित भएकी थिइन् ।
यसैबीच नगरका बहुमत वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए । वडा नं २ सोल्मा, ४ खाल्ले, ६ नेर्पा, ९ निर्मलीडाँडा, ११ खार्मी, १२ जालपा र १३ नुनथलामा माओवादीले प्यानल नै जितेको छ ।
कांग्रेसले वडा नं १ दिक्तेल, ५ लफ्याङ, ७ दोर्पाचिउरीडाँडा र १५ विजयखर्क तथा एमालेले वडा नं ३ बाम्राङ, ८ बुवालुङ र १४ बुइपामा प्यान लै जितेको छ । वडा नं १० पाथेकामा माओवादी र जनता समाजवादीको गठबन्धनमा जनता समाजवादीका उम्मेदवारले अध्यक्ष जितेका छन् ।
प्रकाशित : जेष्ठ ४, २०७९ ०९:५४