कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बझाङको छबिसपाथिभेरा गाउँपालिकामा गठबन्धन दल विजयी

बसन्तप्रताप सिंह

बझाङ — छबिसपाथिभेरा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका बसन्त चलाउने विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका लछिमन बोहरा निर्वाचित भएका छन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिकामा गठबन्धन दल विजयी

निर्वाचनअधिकृतको कार्यालयको जानकारीअनुसार गठबन्धनका साझा उम्मेदवार रहेका चलाउनेले नेकपा एमालेका उम्मेदवार रामप्रसाद भट्टलाई १ हजार ७ सय ६० मतान्तरले हराउँदै विजयी भएका हुन् । चलाउनेले ३ हजार ६ सय ८४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी रहेका भट्टले १ हजार ९ सय २४ मत प्राप्त गरेका थिए ।

पालिकाको उपाध्यक्ष पदमा पनि गठबन्धनबाट चुनाव लडेका नेकपा एकीकृत समाजवादीका लछिमन बोहरा निर्वाचित भए । उनले ३ हजार ३ सय ४७ मत प्राप्त गरेका थिए । बोहराका निकटतम प्रतिद्वन्द्वी एमालेकी देवकी बुढाले १ हजार ८ सय ९२ मत प्राप्त गरेकी छन् ।

पालिकामा गतनिर्वाचनमा एमालेले अध्यक्ष/उपाध्यक्षसहित पाँचवटा वडाध्यक्ष जितेको थियो । हालै सम्पन्न निर्वाचनमा भने यहाँको परिणाम एमालेको विपक्षमा देखिएको छ । एमालेले यो निर्वाचनमा गाउँपालिकाभरि एउटा वडा सदस्य मात्र जित्न सफल भएको छ । एमालेबाट छबिसपाथिभेरा १ मा खुला सदस्य दिनेश धामी मात्र विजयी भए ।

सात वडामध्ये १ र ३ मा नेपाली कांग्रेस‚ ४ र ५ मा एकीकृत समाजवादी, २ र ७ मा स्वतन्त्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?