पर्वतको मोदी गाउँपालिकामा एमाले विजयी

अगन्धर तिवारी

पर्वत — पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने विजयी भएका छन् । अध्यक्षमा शर्माले ६ हजार १९ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गुप्तबहादुर ठकुरीले ४ हजार ६ सय ८० मत ल्याएका छन् । 

पर्वतको मोदी गाउँपालिकामा एमाले विजयी

मोदीकै उपाध्यक्षमा नेकपा एमालेकै विमल लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ६ हजार ३ सय ३ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईंले ४ हजार ६ सय ५४ मत ल्याए । ८ वटा वडा रहेको मोदीमा १, २, ३, ७ र ८ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने ४, ५ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले जितेको वडा नम्बर १ कांग्रेसले गुमाउँदा अघिल्लो निर्वाचनमा गुमाएका ४, ५ र ६ वडा प्राप्त गर्‍यो । एमालेले वडा नम्बर १ प्राप्त गर्दा ४, ५ र ६ वडा गुमायो । विजयी अध्यक्ष शर्मा र उपाध्यक्ष लामिछानेकै वडा भने एमालेले गुमाएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्ष शर्माको वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार मानबहादुर अधिकारीले एमालेका तेजबहादुर क्षेत्रीलाई २ मतले पनि पार्दै निर्वाचित भएका हुन् ।

अधिकारीले १ हजार १ सय १४ मत ल्याउँदा क्षेत्रीले १११२ मत ल्याए । उपाध्यक्षमा निर्वाचित लामिछानेको वडा नम्बर ६ मा कांग्रेसका दिपेन्द्र लामिछानेले पनि २ मतको अन्तरले निर्वाचित भए । लामिछानेले १०९२ मत ल्याउँदा एमालेका नन्दलाल सुवेदीले १ हजार ९१ मत पाए ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?