कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तामाकोसीको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी

केदार शिवाकोटी

दोलखा — दोलखाको तामाकोसी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी निर्वाचित भएका छन् ।

तामाकोसीको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी

केसीले ५ हजार ४ सय ९० मतसहित निकटम प्रतिस्पर्धी नेकपा एमालेका अभिषेक सुवेदीलाई पराजित गरेका हुन् । सुवेदीले ३ हजार २ सय १० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसकी सिर्जना सुवेदी विजयी भएकी छन् । उनले ५ हजार ४ सय ४१ मत ल्याइन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी अम्बिका पोखरेलेले ३ हजार ३ सय १५ मत प्राप्त गरिन् । अध्यक्षमा निर्वाचित केसी एकीकृत समाजवादीका जिल्ला सचिवसमेत हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?