१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गैंडाकोट नगरमा कांग्रेस विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — गैंडाकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन कार्यालयका अनुसार कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका मदनभक्त अधिकारीले १६ हजार ४ सय ५५ मत प्राप्त गरी विजयी भएका हुन्  ।

गैंडाकोट नगरमा कांग्रेस विजयी

उनका प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत पाएका छन् । यसैगरी कांग्रेसबाट उपमेयरमा निर्वाचित शान्ति कोइरालाले १६ हजार १ सय १४ र उनका प्रतिस्पर्धी राप्रपाका तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत पाएका छन् ।

मेयरमा निर्वाचित मदनभक्त अधिकारी पञ्चायतकालमा लगातार गैंडाकोटको २५ वर्षसम्म प्रधानपञ्चमा निर्वाचित व्यक्ति हु्न् । उन‍ी कांग्रेसका किसान नेता स्वर्गीय सूर्यभक्त अधिकारीका छोरा हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?