बाजुराको त्रिवेणी नगरको प्रमुख, उपप्रमुखमा कांग्रेस निर्वाचित - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुराको त्रिवेणी नगरको प्रमुख, उपप्रमुखमा कांग्रेस निर्वाचित 

अर्जुन शाह

(बाजुरा) — बाजुराको त्रिवेणी नगरपालिकाको नगर प्रमुखमा कांग्रेस उम्मेदवार कर्णबहादुर थापा र उपप्रमुखमा कमला कुमारी जोशी (न्यौपाने) निर्वाचित भएका छन् । कांग्रेस उमेदवार थापाले एमालेका उम्मेदवार मोतिसिंह बुढाभन्दा एक हजार १ सय ७५ मत बढि ल्याएर विजयी भएका हुन् ।

थापाले ४ हजार ७ सय ६१ मत पाएका छन् भने बुढाले ३ हजार ५ सय ८६ मत पाए । यस्तै उपप्रमुख पदमा कांग्रेसकै जोशीले माओवादी केन्द्रका उम्मेदवार मनराज बुढा भन्दा एक हजार ६ सय ४७ मत बढि ल्याएर निर्वाचित भएकी छन् ।

जोशीले ४ हजार ७ सय ४१ मत प्राप्त गरिन् भने बुढाले हजार ३ हजार ९४ मत प्राप्त गरे । त्रिवेणी नगरपालिकामा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । नगर प्रमुखमा विजयी थापा शिक्षक पेशाबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए ।

९ वडा रहेको त्रिवेणी नगरपालिकामा कांग्रेसले ६ वडामा जित हात पारेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा एमालेका शाही, उपाध्यक्षमा बिष्ट निर्वाचित

अर्जुन शाह

बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार कालीबहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकै मरुकला बिष्ट निर्वाचित भइन् । एमाले उम्मेदवार शाहीले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुन्दरबहादुर बिष्टले भन्दा ४४९ मत बढी ल्याएर निर्वाचित भएका छन् ।

शाहीले २ हजार ३१९ मत पाएका छन् भने बिष्टले एक हजार ८७० मत पाए । शाही एमाले बाजुरा अध्यक्ष एवम् निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार मरुकला बिष्टले एकीकृत समाजवादीका धर्मबहादुर शाहीलाई ५०५ मतान्तरले पराजित गरिन् । निर्वाचित बिष्टले २ हजार १७८ मत पाएका छन् भने पराजित शाहीले एक हजार ६७३ मत प्राप्त गरे ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×