कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा एमालेका शाही, उपाध्यक्षमा बिष्ट निर्वाचित

अर्जुन शाह

बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार कालीबहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकै मरुकला बिष्ट निर्वाचित भइन् । एमाले उम्मेदवार शाहीले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुन्दरबहादुर बिष्टले भन्दा ४४९ मत बढी ल्याएर निर्वाचित भएका छन् ।

बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा एमालेका शाही, उपाध्यक्षमा बिष्ट निर्वाचित

शाहीले २ हजार ३१९ मत पाएका छन् भने बिष्टले एक हजार ८७० मत पाए । शाही एमाले बाजुरा अध्यक्ष एवम् निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । उपाध्यक्ष पदमा एमालेकै उम्मेदवार मरुकला बिष्टले एकीकृत समाजवादीका धर्मबहादुर शाहीलाई ५०५ मतान्तरले पराजित गरिन् । निर्वाचित बिष्टले २ हजार १७८ मत पाएका छन् भने पराजित शाहीले एक हजार ६७३ मत प्राप्त गरे ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?