१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बाजुराको हिमाली गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

अर्जुन शाह

बाजुरा — बाजुराको हिमाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दबहादुर मल्ल र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकला सार्की निर्वाचित भएका छन् । 

बाजुराको हिमाली गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

निर्वतमान अध्यक्षसमेत रहेका कांग्रेस उम्मेदवार मल्लले एमालेका उम्मेदवार अजबहादुर मल्लभन्दा एक सय १५ मत बढी ल्याएर निर्वाचित भएका छन् । गोविन्दबहादुरले २ हजार ३ सय ८४ मत पाएका छन् भने अजबहादुरले २ हजार २६९ मत पाए । ०७४ को निर्वाचनमा पनि उनीहरू दुवैबीच प्रतिस्पर्धा भएर गोविन्दबहादुर निर्वाचित भएका थिए ।

यस्तै उपाध्यक्ष पदमा एमाले उम्मेदवार राजकला सार्कीले कांग्रेस उम्मेदवार कमला रावत (रोकाया) लाई पराजित गरिन् । सार्कीले रावतलाई ८१ मतले पराजित गरेकी हुन् । सार्कीले २ हजार ३६७ मत प्राप्त गरिन् भने रावतले २ हजार २८६ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?