कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कावासोतीमा रोकियो मतगणना

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोती नगरपालिका १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको विषयमा विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ ।

कावासोतीमा रोकियो मतगणना

मंगलबार राति ११ बजे रोकिएको गणना अझै सुरु हुन सकेको छैन । मतगणना सकिएर त्यहाँ दलका प्रतिनिधिले टिपेको मतसंख्या र निर्वाचन कार्यालयका कर्मचारीले टिपेको मतसंख्यामा ५७ मत फरक परेको हो । दलका प्रतिनिधिले विरोध गर्दागर्दै निर्वाचनका प्रतिनिधिले उम्मेदवार विजयी भएको घोषणा गरेको कांग्रेस कार्यकर्ताले आरोप लगाए ।

निर्वाचन कार्यालयले भने मतगणनामा कुनै गडबड नभएका कारण एमालेका उम्मेदवार विजयी भएको घोषणा गरिएको जानकारी दियो । दलकै प्रतिनिधिको रोहबरमा गणना भइरहेको छ । ‘त्यहाँ गडबढ हुनै सक्दैन‚’ निर्वाचन अधिकृतले भने‚ ‘दलका कमजोरी लुकाउन कर्मचारीलाई दोष दिनु हुँदैन ।’

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दलहरूमा छलफल गराएर पुनः सुरु गरिने प्रयास भइरहेको बताए ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?