कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बर्दियाको गुलरिया नगरमा कांग्रेस उम्मेदवार विजयी

कमल पन्थी

(बर्दिया) — गुलरिया नगरपालिकाको प्रमुखमा कांग्रेस उमेदवार मुक्तिनाथ यादव पुन:दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी एमालेका अमरबहादुर खडकालाई १ सय ७८ मतको अन्तरले पराजित गरेका हुन् ।

बर्दियाको गुलरिया नगरमा कांग्रेस उम्मेदवार विजयी

नवनिर्वाचित यादवले ७ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् भने एमालेका खड्काले ७ हजार ८ सय ११ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा कांग्रेसकी सावित्रा गौतम निर्वाचित भएकी छिन् ।

उनले ८ हजार २ सय ७ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी एमालेकी टिका शम्शेली मगरले ७ हजार ४ सय ६२ मत ल्याएकी हुन् । तेस्रो स्थानमा माओवादी केन्द्रका गेहन्द्र ढकालले ५ हजार १० र उपप्रमुखमा इन्दिरा सुवेदीले ४ हजार ९ सय ३९ मत प्राप्त गरे ।

बर्दियाको ८ पालिकामध्ये ५ पालिकाको परिणाम घोषणा भइसकेको छ । कांग्रेसले बारबर्दिया, मधुवन, गुलरिया नगर र गेरुवा गाँउपालिकामा विजयी भएको छ भने माओवादी केन्द्र राजापुर नगरपालिकामा निर्वाचित भएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?