मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका चौधरी निर्वाचित

देवनारायण साह

मोरङ — मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सितादेवी राजवंशी निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसले निरन्तरता पाएको हो ।  एमालेका उम्मेदवार शुभाषकुमार सरदारलाई ९ सय ८३ मतान्तरले पछि पार्दै चाैधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका चौधरी निर्वाचित

कटहरी गाउँपालिकाका निर्वाचन अधिकृत होमनाथ भट्टराईका अनुसार अध्यक्षमा चौधरीले ६ हजार ५ सय ६५ मत र राजवंशीले उपाध्यक्षमा ५ हजार ८ सय ४८ मत ल्याएर निर्वाचित भएका हुन् । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार सरदारले ५ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष मन्जिताकुमारी सरदार पराजित भएकी हुन् । उनलाई एमालेकी राजवंशीले १ सय ४३ मतान्तरले पराजित गरेकी हुन् । मन्जिताले ५ हजार ७ सय ५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भट्टराईले बताए।

उक्त गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामकुमार कामतले अध्यक्षमा ४ हजार ५ सय ६ र उपाध्यक्षमा मन्जिताले ४ हजार ४ सय ९४ मत ल्याएर जितेका थिए । ७ वडा रहेको कटहरीमा कांग्रेसले वडा नम्बर ३ र जनता समाजवादी पार्टीले वडा नम्बर ४ जितेका छन् । एमालेले १, २, ५, ६ र ७ गरी ५ वडा जितेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?