बाँकेको डुडुवामा कांग्रेस विजयी

रूपा गहतराज

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन् । अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

बाँकेको डुडुवामा कांग्रेस विजयी

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल अहिरलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले ६ हजार २ सय ७२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पाटी नेपालका भण्डारीलाल अहिरले ५ हजार १ सय २५ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी साहिदा बानो निर्वाचित भएकी छन् । उनले ५ हजार ८ सय ८४ मत ल्याएर समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोलाई पराजित गरेकी हुन् । तरन्नुमले ४ हजार ७ सय ५४ मत प्राप्त गरेकी छन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ २३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?