कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बागलुङको जैमिनीको प्रमुखमा राजमोका थापा र उपप्रमुखमा शर्मा निर्वाचित

प्रकाश बराल

बागलुङ — स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर थापा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका लीलाबहादुर रानालाई फराकिलो मतान्तरमा पराजित गरे । पुनले ८ हजार ७ सय ५५ मत ल्याउँदा रानाले २ हजार ८ सय ७३ मात्रै मत पाए । 

बागलुङको जैमिनीको प्रमुखमा राजमोका थापा र उपप्रमुखमा शर्मा निर्वाचित

उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भए । शर्माले ९ हजार १ सय ७३ मत ल्याए । एमालेकी उशा पौडेलले २ हजार ६ सय ३६ मात्रै मत पाइन् ।

थापा यसअघिको निर्वाचनमा कांग्रेसबाटै पराजित उमेदवार हुन् । यो पटक गठबन्धनमा उमेदवार बन्दा कांग्रेस र माओवादी समेतको साथ थियो । शर्मा विद्यार्थी राजनीतिबाट आएका हुन् । नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सहमहामन्त्रीसम्म भएका शर्मा जिल्लाको लोकप्रिय युवा नेतामा गनिन्छन् ।

जैमिनी नगरपालिकाको १० वटा वडामध्ये वडा नं. १, २, ५, ७ र ८ गरी पाँचवटा वडा कांग्रेसले जितेको छ । वडा नं ४ नेकपा (एस), वडा नं ६ माओवादी, वडा नं ९ एमाले र वडा नं ३ र १० गरी दुइटा वडा राजमोले जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ २२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?