१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओखलढुंगाको सुनकोशीमा कांग्रेसका कमल र सुनिता विजयी  

कुम्भराज राई

ओखलढुंगा — सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कमल तामाङ र उपाध्यक्षमा सुनिता अधिकारी विजयी भएका छन् । तामाङले ५ हजार ३ सय ९९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र खड्काले ४ हजार १ सय ७४ मत पाए ।

ओखलढुंगाको सुनकोशीमा कांग्रेसका कमल र सुनिता विजयी  

त्यसैगरी उपाध्यक्षमा सुनिता अधिकारीले ५ हजार २ सय १५ मत पाइन् । उनकी प्रतिस्पर्धी एमालेकी सरस्वती कार्कीले ४ हजार १ सय ८८ मत ल्याइन् ।

अध्यक्षका विजेता तामाङ कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति हुन् । उनी वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन् । त्यसैगरी उपाध्यक्ष सुनिता अधिकारी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?