राजापुर नगरपालिकामा माओवादीका चौधरी विजयी

कमल पन्थी

बर्दिया — जिल्लाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका दिपेश चौधरी नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेसका प्रमुखका उम्मेदवार दिपक जंग शाहलाई ४७ मत अन्तरले हराए ।

राजापुर नगरपालिकामा माओवादीका चौधरी विजयी

निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार चौधरीले ९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका शाहले ९ हजार ७ सय ६० मत पाए ।

यसैगरी उपमेयरमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भएकी छन् । उनी ०७४ को निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी यशोधा थारुले १० हजार ४५ मत प्राप्त गरिन् ।

तेस्रो स्थानमा एमालेका प्रमुखका उम्मेदवार पहाडी थारुले ६ हजार ७२ र उपप्रमुखमा ५ हजार ४ सय २२ मत प्राप्त गरेकी छिन् । प्रमुख पदमा निर्वाचित चौधरी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेका हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?