१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सिरहाको नवराजपुरको अध्यक्ष, उपाध्यक्ष दुवैमा जसपा विजयी

भरत जर्घा मगर

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका शिवउदगार यादवले ४ हजार ५ सय ५४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी निर्वतमान अध्यक्ष कांग्रेसका विश्वमोहन यादवले २ हजार ५ सय २५ मत प्राप्त गरे । 

सिरहाको नवराजपुरको अध्यक्ष, उपाध्यक्ष दुवैमा जसपा विजयी

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टीकै पुनमकुमारी यादवले ४ हजार ३ सय १८ मत प्राप्त गरी विजयी भईन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शोभा कुमारी यादवले २ हजार ३ सय ८५ मत प्राप्त गरिन् ।

पाँच वटा वडा रहेको नवराजपुर गाउँपालिकामा वडा नम्बर १, २, ३ र ५ मा क्रमश: जनता समाजवादी पार्टीका नवीनकुमार यादव, सुरेशकुमार यादव, वंशीलाल यादव र जयप्रकाश यादव निर्वाचित भएका छन् । बाँकी ४ नम्बर वडामा कांग्रेसका जयप्रकाश यादव निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?