१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

छेडागाडको मेयरमा कांग्रेसका खड्का र उपमेयरमा माओवादीका थापा विजयी

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटको छेडागाड नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का ९ हजार १ सय ७३ मत ल्याएर निर्वाचित भएका हुन् ।

छेडागाडको मेयरमा कांग्रेसका खड्का र उपमेयरमा माओवादीका थापा विजयी

खड्काले नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान नगरप्रमुख लालबहादुर महतारालाई ३ हजार ६३६ मत अन्तरले पराजित गरे । महताराले ५ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा महताराले खड्कालाई पराजित गरेका थिए ।

उपमेयरमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा ७ हजार ९ सय ६८ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार अन्जुकुमारी थापाले ६ हजार ३१ मत ल्याइन् ।

छेडागाड नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । छेडागाड नगरपालिकामा ३ वटा वडा एमाले, ४ वटा माओवादी, ४ वटा कांग्रेस र १ वडा समाजवादीले जितेको छ ।


प्रकाशित : जेष्ठ ३, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?