२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भेरी नगरपालिका प्रमुखमा एमालेका घर्ती दोहोरिए, उपप्रमुखमा कांग्रेसकी जैसी विजयी

हरिहरसिंह राठौर

जाजरकोट — भेरी नगरपालिका प्रमुखमा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका चन्द्रप्रकाश घर्ती निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का गगनबहादुर खड्कालाई ८ सय ७९ मतले पराजित गर्दै घर्ती नगर प्रमुखमा विजयी भएका हुन् ।

भेरी नगरपालिका प्रमुखमा एमालेका घर्ती दोहोरिए, उपप्रमुखमा कांग्रेसकी जैसी विजयी

घर्तीले ४ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३ हजार ५ सय ५९ मत ल्याए । यस्तै उपप्रमुखमा गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सीता जैसी निर्वाचित भएकी छन् ।

जैसीले ५ हजार ९ सय ८५ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सावित्री चन्दले ५ हजार १ सय ७२ मत प्राप्त गरेकी छन् । नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत अत्यधिक मतका साथ विजयी भएका थिए ।

गठबन्धनको निर्णयअनुसार भेरी नगरपालिकालाई नेकपा समाजवादीलाई दिइएको भए पनि माओवादीको अडानका कारण गठबन्धन भत्किएको थियो । उक्त गठबन्धन टुटेपछि माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो भने एकीकृत समाजवादी र नेकपा एमाले एक्लाएक्लै प्रतिस्पर्धा गरिरहेका थिए ।

जिल्लाका ७ स्थानीय तहमध्ये अब वारेकोट गाउँपालिकाको मात्रै मतपरिणाम आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?