कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अर्जुनचौपारी गाउँपालिकामा कांग्रेसका तिवारी विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी विजयी भएका छन् । तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै विजय घोषित भएका हुन् ।

अर्जुनचौपारी गाउँपालिकामा कांग्रेसका तिवारी विजयी

तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याएकी छन् । गुरुङ अघिल्लो निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

यस्तै, १ हजार ६० मतको अन्तरालमा उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै विजेता बनेकी हुन् । गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा खनालले ३ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी अर्जुनचौपारीका वडामा पनि कांग्रेसकै बहुमत रहेको छ । अर्जुनचौपारी १ मा कांग्रेसका रणबहादुर थापा, २ मा कांग्रेसका धनबहादुर गुरुङ, ३ मा कांग्रेसका शोभाकान्त काफ्ले, ४ मा कांग्रेसका भुवनसिंह गुरुङ, ५ मा कांग्रेसकै बद्रीप्रसाद पौडेल र ६ मा एमालेका नारायणप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?