पर्वतको जलजलाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

अगन्धर तिवारी

पर्वत — पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजुप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ५६५७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार लालबहादुर अधिकारीले ४१८४ मत ल्याएका छन् । 

पर्वतको जलजलाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

जलजलाकै उपाध्यक्षमा गठबन्धनका तर्फबाटै उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका दीपक आचार्य निर्वाचित भए । आचार्यले ४७९२ मत ल्याएर निर्वाचित हुँदा एमालेकी उम्मेदवार सुनिता बरुवालले ४७१५ मत ल्याइन् । ९ वटा वडा रहेको जलजलामा १, २, ३, ४ र ५ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । ६ र ८ मा नेपाली कांग्रेस तथा ७ र ९ मा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

जलजलामा कांग्रेस र माओवादीको गठबन्धन थियो । अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले जितेका वडा नम्बर २, ३ र ४ वडा कांग्रेसले गुमायो । एमालेले अघिल्लोपटकको निर्वाचनमा जितेको वडा नम्बर ६ गुमायो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?