कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी  र उपाध्यक्षमा कांग्रेस विजयी

हरिराम उप्रेती

गोरखा — गण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक तिमिल्सिना र उपाध्यक्षमा नेपाली कांग्रेसकी ललिता अधिकारी विजयी भएका छन् । 

गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी  र उपाध्यक्षमा कांग्रेस विजयी

गण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी र जनता समाजवादी पार्टी(जसपा) बीच गठबन्धन थियो । दुईदलीय गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका तिमिल्सिना ६ हजार ३ सय २६ मत ल्याएर विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका होमबहादुर रानाले ४ हजार ६ सय ५५ मत ल्याएर पराजित बने । २०७४ को निर्वाचनमा राना र तिमल्सिना प्रतिस्पर्धि थिए । २०७४ को निर्वाचनमा भने राना विजयी भएका थिए । पाँच वर्षअघिको नतिजा उल्टाउँदै तिमल्सिनाले यस पटक बाजी मारेका छन् ।

त्यस्तै उपाध्यक्षमा विजयी बनेकी ललिता अधिकारीले ४ हजार ८ सय २१ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका उपाध्यक्ष उम्मेदवार भीमबहादुर श्रेष्ठले ४ हजार ४४ मत ल्याएर पराजित बने । अधिकारी दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गण्डकी गाउँपालिकाको बहुमत वडामा माओवादी केन्द्र विजयी बनेको छ ।

वडा नम्बर १, २, ५, ६, ७ र ८ नम्बर वडाको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी वने । ४ को वडाध्यक्षमा नेकपा एमाले र ३ मा नेपाली कांग्रेसको उम्मेदवार विजयी बनेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?