कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाँसगढीको मेयरमा एमालेका खड्का विजयी

ठाकुरसिंह थारु

बर्दिया — बाँसगढी नगरपालिकाको मेयरमा एमालेका खडगबहादुर खड्का र उपमेयरमा इन्दिरा चौधरी विजयी भएका छन् ।

बाँसगढीको मेयरमा एमालेका खड्का विजयी

खड्काले १० हजार ६१ मत पाएर बिजय भएका हुन । निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भुवनकुमार चौधरीले आठ हजार पाँच सय ७७ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसबाट मेयरका उम्मेदवार सविनकुमार थापाले ६ हजार सात सय ११ मत प्राप्त गरेका छन् ।

उपमेयरमा विजयी भएकी इन्दिरा चौधरीले नौँ हजार ६ सय ९९ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भोमी विटालुले सात हजार चार सय ३६ मत र कांग्रेसकी आकाश थारुले सात हजार एक सय ५१ मत पाएकी छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?