भुमिकास्थानमा गठबन्धनबाट राजमाेका थापा र माओवादीका बञ्जाडे निर्वाचित

वीरेन्द्र केसी

अर्घाखाँची — भुमिकास्थान नगरपालिका प्रमुख र उपप्रमुख पदमा ५ दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका झविलाल थापाले एमालेका उम्मेदवार रेशम थापालाई ८ सय मतान्तरले पराजित गरेका छन् ।

भुमिकास्थानमा गठबन्धनबाट राजमाेका थापा र माओवादीका बञ्जाडे निर्वाचित

झविलालले ८ हजार ३ सय २४ मत ल्याएर विजयी भए । रेशमले ७ हजार ५ सय २४ मत ल्याए ।

उपप्रमुखमा माओवादी केन्द्रका बालकृष्ण बञ्जाडेले एमालेकी वसन्ता पाैडेललाई ६ सय ९४ मतान्तरले पराजित गरे । बञ्जाडेले ७५ सय ५८ मत ल्याएर विजयी भए । पाैडेलले ६८ सय ६४ मत ल्याइन ।

२०७४ काे स्थानीय तहको निर्वाचनमा कांग्रेस- माओवादी केन्द्रकाे चुनावी तालमेलमा माओवादीबाट रेशम नगर प्रमुखमा निर्वाचित भएका थिए । नेकपा विभाजनपछि रेशम एमालेतिर लागेका थिए । उनैलाई एमालेले पुन: नगर प्रमुखमा दाेहाेरिन उम्मेदवार बनाएकाे थियोे । उपप्रमुखमा निर्वाचित भएका बञ्जाडे २०७४ काे चुनावमा वडा ३ काे अध्यक्षमा विजयी भएका थिए ।

जिल्लाका ६ स्थानीय तहमध्ये ४ तहकाे अन्तिम परिणाम सार्वजनिक भएको छ । त्यसमध्ये ५ दलीय गठबन्धन भुमिकास्थानमा मात्रै दुवै पद जित्न सफल भएको छ । पाणिनि र मालारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद र छत्रदेव गाउँपालिकामा उपाध्यक्ष पद एमालेले जितिसकेकाे छ ।

मतगणना जारी रहेका सन्धिखर्क नगरपालिकाकाे नगरप्रमुख र शितगंगा नगरपालिकाकाे दुवै पदमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?