कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रामेछापको सुनापति गाउँपालिकामा माओवादी विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्द्रका ठूलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली कांग्रेसका कमान खड्कालाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

रामेछापको सुनापति गाउँपालिकामा माओवादी विजयी

निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ५ हजार ३ सय ९८ मत ल्याएर विजय हासिल गरेको थियो । उनका प्रतिस्पर्धी कांग्रेसका कमान खड्काले ४ हजार ८ सय ९८ मत ल्याएका थिए । तामाङ यसअघि वडा नम्बर ५ का वडाध्यक्ष थिए ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै गीता विष्ट चौलागाईं विजयी भएकी छिन् । विष्टले ५ हजार ३ सय ६० मत प्राप्त गरेर विजयी भएकी हुन । विष्टकी प्रतिस्पर्धी ५ हजार ६८ मत प्राप्त गरेकी छिन् । विष्ट यसअघि पनि उपाध्यक्ष थिइन् ।

२०७४ सालको निर्वाचनमा पालिकाका सम्पूर्ण पदमा निर्वाचित भएको माओवादी केन्द्रले यस पटक पनि १ वडा अध्यक्ष र ४ जना वडा सदस्य गुमाएको छ । वडा नम्बर ३ हिलेदेविमा कांग्रेसका वडा अध्यक्ष १ मतले पराजित भएका थिए भने ४ जना सदस्य विजयी भएका थिए । एमालेले भने १ जना प्रतिनिधि पनि विजयी गराउन सकेन । एमालेका अध्यक्ष उम्मेदवार २ हजार ३१ मतमा सीमित हुन पुगेका छन् ।

योसँगै रामेछापका २ वटा गाउँपालिकामा मतगणना सकिएको छ । सोमबार अपरान्ह गोकुलगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षलगायत अधिकांश पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?