कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महालक्ष्मी नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी 

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवराज राय निर्वाचित भएका छन् ।

महालक्ष्मी नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी 

अन्तिम नतिजाअनुसार गठबन्धनका तर्फबाट उमेद्वार रायले ६३२८ मत सहित एमालेका उमेद्वार दिपक बुढाथोकीलाई पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्दी बुढाथोकीले ५१३९ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार मञ्जुकुमारी कार्की अधिकारी विजयी भएकी छिन् । उनले ५३८४ मतका साथ निकटतम प्रतिस्पर्दी माओवादी केन्द्रका उमेद्वार प्रेम खड्कालाई पराजित गरेकी हुन् । पराजित खड्काले ४९३४ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?