३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा माओवादीका गुरुङ विजयी

हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा लक्षमण गुरुङ र उपाध्यक्षमा माओवादीकै सुनिला गुरुङ विजयी बनेका छन् ।

गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा माओवादीका गुरुङ विजयी

लक्ष्मण ३ हजार ७ सय ७१ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ(सन्तोष) १ हजार ९ सय ४६ मत ल्याएर पराजित बने । लक्ष्मण र सन्तोष २०७४ मा पनि प्रतिस्पर्धी हुन् ।

उपाध्यक्षमा विजयी बनेकी माओवादीकी उम्मेदवार सुनिलाले ३ हजार ७ सय ७९ मत ल्याएर विजयी बनिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी फुलमायाँ गुरुङले १ हजार ९ सय ७६ मत ल्याइन् ।

७ वडा रहेको धार्चे गाउँपालिकामा १, २, ४, ५ र ७ नम्बर वडाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । ३ र ६ नम्बर वडाका वडा अध्यक्षमा एमाले जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?