१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बिन्दबासिनीमा एक भोटले कांग्रेसका वडाध्यक्ष विजयी

भूषण यादव

वीरगन्ज — पर्साको बिन्दबासिनी गाउँपालिका-३ को अध्यक्षमा एक मतले कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जयप्रकाश चौरसियाले एक मतको अन्तरले एमालेका हनिफ मियाँ जोलाहालाई पराजित गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

बिन्दबासिनीमा एक भोटले कांग्रेसका वडाध्यक्ष विजयी

वडाध्यक्षमा निर्वाचित चौरसियाले एक हजार एक सय ८५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोलाहाले एक हजार एक सय ८४ मत पाएका छन् ।

एक भोटले पराजित भएको जोलाहाले पुन गणनाको लागि निर्वाचन कार्यालयमा निवेदन दिएका छन् । उनले भने, ‘तीन भोटले म जितिसकेको जानकारी पाएपछि शौचका लागि बाहिर निस्किएको थिएँ, ’ उनले भने, ‘केही समयपछि माइकिङ हुँदा कांग्रेसका चौरसिया एक मतले विजयी भएको घोषणा गरे ।’ तत्काल पुन मतगणनाको माग राख्दा कुनै सुनवाई नभएको उनले बताए ।

‘जिल्लाबाट दबाब पुगेपछि विहान १० बजेमात्र पुन मतगणनाको निवेदन लिएका छन्,’ उनले भने, ‘मसँग अन्याय गरियो ।’ बिन्दबासिनी गाउँपालिकाका निर्वाचन अधिकृत अरुण कोइरालाले मुचुल्का बनाएर विजयी उम्मेदवारको नाम घोषणा भइसकेकाले पुनः मतगणनाको अधिकारी हामीलाई नभएको बताउँछन् ।

‘मुचुल्का नहुँदै पुनः मतगणनाको लागि निवेदन दिनुपर्छ,’ उनले भने, ‘नतिजा नै घोषणा भइसकेकाले अब पुनः मतगणनाको अधिकारी हामीलाई हुँदैन्, अदालत नै जानुपर्छ ।’

प्रकाशित : जेष्ठ ३, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?