१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाजुराको बडिमालिका नगरपालिकामा एमाले विजयी

अर्जुन शाह

बाजुरा — बाजुराको बडिमालिका नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार अमरबहादुर खड्का र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएका छन् । 

बाजुराको बडिमालिका नगरपालिकामा एमाले विजयी

एमाले उम्मेदवार खड्काले कांग्रेस उम्मेदवार धनराज पण्डितभन्दा ४६७ मत बढी ल्याएर जितेका छन् । खड्काले ४ हजार १९ मत पाएका छन् भने पण्डितले ३ हजार ५ सय ५२ मत पाए । यस्तै उपमेयरमा एमाले उम्मेदवार थापाले कांग्रेस उम्मेदवार राधिका कुमारी शाही (सिंह) भन्दा ८८२ मत बढी ल्याएर विजयी भएकी हुन् ।

थापाले ४ हजार २३३ मत प्राप्त गरिन् भने शाहीले ३ हजार ३५१ मत पाइन् । उप प्रमुखमा विजयी थापा नेपाल पत्रकार महासंघ बाजुरा शाखाको सचिव र प्रेस चौतारी जिल्ला शाखा अध्यक्षको पदबाट राजीनामा दिएर एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी थिइन् ।

९ वटा वडा रहेको बाजुरा सदरमुकामस्थित बडिमालिका नगरपालिकामा एमालेले ७ वटा वडामा जित हात पारेको छ भने २ वटा वडामा कांग्रेसले जितेको छ । २, ३, ५, ६, ७,८, ९ नम्बर वडा एमालले जितेको छ भने कांग्रेसले वडा नम्बर १ र ४ जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?