३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जिरी नगरपालिका प्रमुखमा एमालेका जिरेल विजयी

केदार शिवाकोटी

दोलखा — दोलखाको पर्यटकीय जिरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुवै पदमा नेकपा एमालेले विजयी हासिल गरेको छ ।

जिरी नगरपालिका प्रमुखमा एमालेका जिरेल विजयी

प्रमुखमा एमालेका मित्र जिरेल विजयी बनेका छन् । जिरेलले २ हजार ९ सय ४९ मत प्राप्त गरे । निकटम प्रतिद्वन्द्वी कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् ।

उप प्रमुखमा एमालेकी कृष्णमाया बुढाथोकी दोस्रो कार्यकालका लागि विजयी भएकी छन् । उनले ३ हजार ४ सय ३४ मत ल्याइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तेजबहादुर तामाङले ३ हजार १ सय २० मत प्राप्त गरे ।

प्रकाशित : जेष्ठ ३, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?