कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धनकुटाको मेयरमा एमालेका तामाङ १४ मतले विजयी

धनकुटा — धनकुटा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । तामाङले १४ मत अन्तरले मेयर पदमा विजयी भएका हुन् ।

धनकुटाको मेयरमा एमालेका तामाङ १४ मतले विजयी

उनले ७ हजार ६ सय ६६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दिनेश राईले ७ हजार ६ सय ५० मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा भीमादेवी खनालले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर विष्टलाई पराजित गरेकी छन् । उनले ७ हजार १ सय ९६ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

शुक्रबार रातिदेखि थालिएको गणना मंगलबार बिहान सकिएको थियो । मतान्तरमा असन्तुष्टि जनाएको गठबन्धनले पुनर्योगको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएको थियो । त्यसका कारण केहि ढिलाइ गरेर मात्र औपचारिक घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?