कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पूर्वगाउँपालिका अध्यक्ष वडा सदस्यमा पराजित

चाँदनी कठायत

सुर्खेत — २०७४ को स्थानीय तह सदस्यको निर्वाचनमा सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेपाली कांग्रेसका तेजबहादुर बस्नेत यसपटकको चुनावमा वडा सदस्यमै पराजित भएका छन् ।

पूर्वगाउँपालिका अध्यक्ष वडा सदस्यमा पराजित

अघिल्लो पटकको चुनावमा लोकप्रिय मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका बस्नेत यसपटक भने आफ्नै वडा (वडा नं.८ ) मा वडा सदस्यमै पराजित भएका हुन् । बस्नेतले बराहताल-८ को वडा सदस्य पदका लागि ५३९ मत ल्याएर पराजित हुँदा खुल्ला सदस्यमा नेकपा एमालेका प्रेम राज लिम्बुले ५९१ मतका साथ विजयी भएका छन् ।

पाँच वर्षे कार्यकालमा जनचाहनाअनुरुप काम नगरेकाले जनताले नपत्याएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिको प्रमुखको रुपमा आउन खोजेका बस्नेतलाई वडा नं. ८ का मतदाताले सदस्य पदमै पनि पत्याएनन् । उनको यो हारसँगै उनी जिल्ला समन्वय समितिमा जाने बाटो पनि बन्द भएको छ ।

उनले सुरु गरेको उज्यालो बराहताल, बृहत् खानेपानी, पालिकाभित्र सडक सञ्जाल विस्तार, बाढीपीडितको पुनःस्थापना गर्नेलगायत योजनाहरु पाँच वर्षसम्म पनि सफल हुन सकेका छैनन् । आफ्नै वडामासमेत सडक विस्तार गर्न चुकेका बस्नेतलाई उनको असफलताले नै सदस्य पदमै जनताले हराइदिएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?