कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रावती गाउँपालिकामा एमाले विजयी

अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ विजयी भएका छन् ।

इन्द्रावती गाउँपालिकामा एमाले विजयी

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामा ६ हजार १५२ र उपाध्यक्ष दयाकुमारी मिश्र ६ हजार ४६३ मत ल्याएर पराजय बेहोरेका छन् । निर्वाचित नेपाल नेकपा एमालेका निर्वतमान अध्यक्ष हुन्, भने लामा कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १३४ मत ल्याएका छन् ।

अघिल्लो ०७४ स्थानीय तह निर्वाचनमा कांग्रेसका वंशलाल तामाङसँग केही मतले हारेका नेपाल यसपटक यही पदमा दोहोर्‍याएका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?