१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुगुको छायाँनाथ रारा नगरपालिका प्रमुखमा कांग्रेसका भाम विजयी

राजबहादुर शाही

मुगु — जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेसले जितेको छ । नगर प्रमुखमा कांग्रेसका विष्णुकुमार भामले ४५९९ मत ल्याएर बहुमतले बिजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्धी डम्मरबहादुर रावलले ३ हजार ८६० मत  प्राप्त गरी पराजित भएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका प्रमुखमा कांग्रेसका भाम विजयी

त्यसै गरी कांग्रेसकी उपप्रमुखकी उम्मेदवार ऐश्वर्य मल्लले ४ हजार ३ सय २५ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी उपप्रमुखकी उम्मेदवार टोमा लामाले ३७१७ मत ल्याइन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा भाम नगरको ४ नम्बर वडाअध्यक्ष जितेका हुन् भने रावल ५ का वडाअध्यक्ष हुन् ।

नगरपालिकाको १ देखि १४ वडामध्ये कांग्रेस ६, एमालेले ७ र नेकपा एकीकृत समाजवादीले १ वडाअध्यक्ष जित हासिल गर्न सफल भएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा यस नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?