सुर्खेतको चिंगाडको अध्यक्षमा एमालेका जिसी विजयी

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतका स्थानीय तहमा एमालेले खाता खोलेको छ । कांग्रेसको गढ मानिने सुर्खेतको चिंगाड गाउँपालिकामा एमालेका बोधविक्रम जिसी अध्यक्षमा निर्वाचित भएका छन् ।

सुर्खेतको चिंगाडको अध्यक्षमा एमालेका जिसी विजयी

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिंगाडमा एमालेका बोधविक्रम जिसी ३ हजार ५ सय ९१ मतका साथ विजयी भएका हुन् ।

निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार नेपाली कांग्रेसका डोरप्रसाद शर्माले ३ हजार ५ सय ५० मत प्राप्त गरी पराजित भएका छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी हुँदा कांग्रेसकी मनमाया आचार्य पराजित भइन् । चिंगाडमा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?