कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरका २ जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस

काठमाडौँ — ललितपुरका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका-१० स्थित कालदेवी मावि मतदान केन्द्रमा खटिएका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको हो ।

ललितपुरका २ जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस

महालक्ष्मीकी मुख्य निर्वाचन अधिकृत शारदा फुयालले ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर विहीन भेटिएपछि सम्बन्धी निर्वाचन केन्द्रका अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिइन् ।

आइतबार १० वडाको मतगणना गर्ने क्रममा ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि रोकिएको मतगणना प्रकृया पुनः सुचारु भएको थियो । उनले हस्ताक्षर नभएको मतपत्र बदर पनि गरिएको बताइन् । कारबाहीमा पर्ने अधिकृतको नाम भने उनले खुवाउन मानेनन् ।

महालक्ष्मी नगरपालिको मेयरमा माओवादी केन्द्रबाट शिव कट्टेल, एमालेबाट हरिगोविन्द श्रेष्ठबीच प्रतिस्पर्धा छ । उपमेयरमा एमालेकी विना सुवेदी र कांग्रेसका लक्ष्मी महर्जन प्रतिस्पर्धामा छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?