कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

हरिहरसिंह राठौर

जाजरकोट — जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा एमालेका वेदबहादुर शाही र उपाध्यक्षमा कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

अध्यक्षमा निर्वाचित शाहीले ३ हजार ४ सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले ३ हजार ३ सय २७ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार शिवा आचार्यले ३ हजार ८८ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी अम्बा कुमारी शाहले २ हजार ७ सय ४६ मत प्राप्त गरिन् ।

जुनीचाँदेका ११ वडामध्ये एमालेले ३, कांग्रेस २ र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ ।


प्रकाशित : जेष्ठ ३, २०७९ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?