नलगाडको मेयरमा माओवादी र उप मेयरमा कांग्रेस विजयी

हरिहरसिंह राठौर

जाजरकोट — नलगाड नगरपालिका प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

नलगाडको मेयरमा माओवादी र उप मेयरमा कांग्रेस विजयी

नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरे । एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गरे ।

यस्तै, उप प्रमुखमा कांग्रेसकी सुरिता सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् ।

नेकपा एमालेकी बोहराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए । यो नगरपालिका अघिल्लो पटक पनि माओवादीकै प्रमुख विजयी भएका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?