२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बन्दिपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

सम्झना रसाइली

(तनहुँ) — तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा एमालेका उमेदवार सुरेन्द्र थापा र उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पञ्चमाया गुरुङ निर्वाचित भएका छन् ।

बन्दिपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

अध्यक्षमा निर्वाचित थापाले ३ हजार २ सय २९ मत र उपाध्यक्षमा निर्वाचित गुरुङले ३ हजार २७ मत प्राप्त गरेका छन् ।

अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका उमेदवार पूर्णसिं थापाले ३ हजार १ सय ६६ भोट र उपाध्यक्षमा करुणा गुरुङले ३ हजार २५ भोट प्राप्त गरेका छन् । पूर्णसिं र करुणा यसै गाउँपालिकाका निवर्तमान अध्यक्ष र उपाध्यक्ष समेत हुन् ।

बन्दिपुरको ६ वडामध्ये एमालेले ३, माओवादी केन्द्रले २ र कांग्रेसले एक वडा जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?