कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गुल्मीको मुसिकोट नगरपालिकामा एमाले विजयी 

गगनशिला खड्का

गुल्मी — गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर एमालेका उम्मेदवार विजयी भएका छन् । मुसिकोट नगरपालिकाको मेयरमा एमालेका जीवलाल खरेल र उपमेयरमा एमालेकी गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा खरेलले ७ हजार ३ सय ९९ र उपमेयमरमा श्रेष्ठले ७ हजार ११ मत ल्याएर विजयी भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मीको मुसिकोट नगरपालिकामा एमाले विजयी 

नगर प्रमुखमा विजयी खरेलका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत प्राप्त गरेका थिए । उपमेयरमा निर्वाचित श्रेष्ठका प्रतिद्वन्द्वी उपमेयरमा एकीकृत सामाजवादीका उम्मेदवार श्रीराम महतले ६ हजार ३ सय २३ मत ल्याएका छन् । नगरमा रहेका रहेका ९ वटा वडामध्ये ५ एमाले र ४ वडा कांग्रेसका उम्मेदवारले जितेका छन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?